काठमाडौंको कपनमा बस्ने सिन्धुली कमलामाई २ निबासी हरि कार्की र कल्पना कार्कीकी छोरी शर्मीला कार्की विवाह भएको दुई महिनामै सम्पर्क विहिन भएकी थिईन् । उनको सर्लाही लालबन्दी १० का सन्तोष खत्रीसंग उनको दुई महिना अघि मात्र विवाह भएको थियो । विवाह गरेको दुई महिनामै श्रीमती बेपत्ता भएपछि सन्तोष पनि बेहाल बनेका थिए । उनले पनि मिडिया मार्फत श्रीमतीलाई छिट्टै घर फर्केर आउन आग्रह गरेको भिडियो केहि दिन पहिले लाइट नेपालको युटुब च्यानलमा आएको थियो ।

श्रीमानले आफु श्रीमतीबीना बाच्न नसक्ने बताउदै उनले श्रीमतीलाई फर्किन बिलौना गरेका थिए । आमाले बलिन्द्रधारा आँशु पारेर भनिन् छोरी तिमीले जे चाहन्छौ त्यसरीनै राख्न चाहन्छौं । तिम्रो समस्या समाधान गर्छौं नानी जसरी भएपनि आइदेउ भन्दै गरेको दृश्य पनि क्यामेरामा कैद भएको थियो । वैशाख १३ गते ट्वाइलेट जान्छु भन्दै निस्केकी श्रीमती लामो समय सम्म नफर्किए पछि खोज्न निस्केका सन्तोषले अहिले भने आफ्नी श्रीमतीलाई भेटेका छन् । ट्याक्सी चालकको रुपमा काम गर्ने सन्तोषले श्रीमती हराएपछि माइतीमा खबर गरेर यसरि मिडियामा आएका थिए ।

माइती पक्षका पनि छोरी हराएको खबर पाएपछि छोरी बसेको घरमा पुगेका थिए । तर खोजी गर्दा नभेटीएपछि उनीहरु निकै चिन्तित देखिन्थे । अघिल्लो दिन छोरीसंग लामो कुरा गरेकी आमा भोलीपल्टै छोरी हराएको खबरले विक्षिप्त बनेको भिडियो सार्वजनिक भएपछि धेरैले लाइक शेयर गरि खोज्नको लागि सहयोग पुर्याएका थिए । उनी शरिरमा एक सरो लुगा मात्र लगाएको अवस्थामा ट्वाइलेट जान भन्दै घर बाहिर निस्केकी थिइन् ।

तर अहिले सर्मिला फर्के पछि उनि आफै कहाँ थिईन त ? किन यसरी सम्पर्कबिहिन भएकी थिइन् त हेर्नुहोस उनिसंग गरिएको कुराकानीको भिडियो :

Comments