श्रीलंका – श्रीलंकामा सरकारले सामाजिक सञ्जाल नेटवर्क फेसबुक, ह्वाट्सएपमा प्रतिबन्ध लगाएको छ । इस्टर पर्वमा भएको सिलसिलाबद्ध बम विस्फोटपछि मुस्लिम समुदायले सञ्चालन गर्दै आएका पसलमा पनि आक्रमण भएका कारण फेरी पनि देशमा हत्या हिंसा नफैलियोस् भनेर सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइएको हो । फेसबुकमा सुरु भएको एक विवादलाई लिएर आइतबार एक व्यक्तिमाथि नितान्त कुटपिट गरिएको थियो, ।

दर्जनौं व्यक्तिले मस्जिद र मुस्लिम समुदायले सञ्चालन गरेको स्टोरमा ढुंगा प्रहार गरे’, एक स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले भनेको छ । फेसबुकमा विवादस्पद स्टाटस पोस्ट गर्ने ३८ वर्षीय अब्दुल हमीद मोहम्मद हसमरलाई गिरफ्तार गरिएको अधिकारीहरुले बताएका छन् ।ती आरोपी व्यक्तिले लेखेका थिए, एक दिन तिमीहरु रुनेछौ,’ । यही पोस्टका कारण हिंसा भएको बताइएको छ ।

Comments