काठमाण्डौ – आज मंगलबार नेपाली बजारमा सुनको भाउ तोलामा एक हजार रुपैयाँ बढेको छ । हिजो ६० हजार रुपैयाँमा कारोबार भइरहेको सुनको मुल्य आज बढेर तोलाको ६१ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदी तोलामा ५ रुपैयाँ बढेको छ। आज चाँदी ५ रुपैयाँ बढेर तोलाको ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । भारतीय रुपैयाँ कमजोर र चीनले अमेरिकी सामानमा कर बढाएपछि अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेको महासंघले जनाएको छ ।

Comments