इन्डियन प्रिमियर लिग अन्तर्गत यो सिजनबाट सन्दीप लामिछानेले ५५ लाख रुपैयाँ पाउने भएका छन् ।उनले दिल्ली क्यापिटल्सबाट ५५ लाख रुपैयाँ पाउने भएका हुन् । उनले लिगमा पहिलो पटक तेस्रो स्थान हासिल गरेको दिल्ली क्यापिटल्सबाट यो सिजन झण्डै ५५ लाख रुपैयाँ पाउने भएका हुन् ।आइपीएलको नियम अनुसार दिल्ली क्यापिटल्सले तेस्रो भएवापत पाएको ६ दशलमव ४ करोड भारतीय रुपैयाँमा ५० प्रतिशत रकम खेलाडीलाई दिनुपर्छ ।

उक्त रकम २५ खेलाडीलाई बराबर गर्दा एक जना खेलाडीले १२ लाख ८० हजार भारतीय रुपैयाँ पाउने गर्छन् । यसको नेपाली साढे २० लाख रुपैयाँ हुन्छ ।पञ्जाव विरुद्ध तीन विकेट लिएका सन्दीपले उक्त खेलमा स्टाइलिस खेलाडीको उपाधि पनि जितेका थिए । सो उपाधिसँगै उनले एक लाख भारतीय रुपैयाँ पाएका थिए ।उनले दिल्लीबाट यो सिजनमा झण्डै ५५ लाख रुपैयाँ पाउने भएका छन् ।

Comments