काठमाडौं – आज बुधबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ। हिजो एक हजार रुपैयाँ बढेर प्रतितोला ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मुल्य आज ह्वात्तै घटेर ६० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी आज तेजावी सुनको मुल्य पनि बढेको छ ।आज तेजावी सुन प्रतितोला ६० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको मूल्यमा भने कुनै परिबर्तन भएको छैन । आज चाँदीको मूल्य प्रतितोला ७२५ रुपैयाँ रहेको महासंघले जनाएको छ।

Comments