स्ट्राइकर एन्टोइन ग्रिजम्यानले क्लब छोड्ने भएका छन् । एट्लेटिको मड्रिडमा ५ वर्ष बिताएका स्ट्राइकर एन्टोइन ग्रिजम्यानले क्लब छोड्ने बताएका हुन् । उनले शनिबार हुने क्लबको लेभान्टेविरुद्धको खेल एट्लेटिकोबाट अन्तिम खेल हुने बताएका छन । बीबीसीका अनुसार ग्रिजम्यानलाई बार्सिलोनाले एक सय २० मिलियन युरोमा किन्न खोजेको जनाइएको छ ।

उनले पछिल्लो ५ वर्षमा आफ्ना लागि निकै उत्साहपूर्ण रहेको बताउदै क्लब छोड्ने बताएका हुन् ।उनी एट्लेटिकोबाट ५ वर्षमा दुई सय ५६ खेलमा एक सय ३३ गोल गरेका छन् । यो सिजनमा एट्लेटिकोबाट बाहिर हुने ग्रिजम्यान तेस्रो ठूलो खेलाडी हुन ।

Comments