एजेन्सी – पछिल्लो समय बलिउडमा निकै नै चर्चामा आएका जोडी हुन् अभिनेत्रि मलाइका र अर्जुन कपुर ।यी जोडी पछिल्लो समय आफ्नो निजी जीवनलाई लिएर निकै चर्चामा छन् । यी दुइको अफेयरको चर्चा लामो समय अघिदेखि चल्दै आइरहेको छ ।धेरैजसो यी दुई पार्टी, विवाह बन्धन तथा इभेन्टहरुमा सँगै देखिदै आएका छन् ।यी दुइको बिबाहको चर्चा पनि निकै चल्यो ।

यी दुइको बिबाह बारे कुरा चलिरहदा अभिनेता अर्जुन कपुरले आफू तत्काल विवाह गर्ने योजनामा नरहेको कुरा खुलाएका थिए ।अहिले अभिनेता अर्जुन कपूर आफ्नो फिल्म ‘इन्डियाज मोस्ट वान्टेड’को प्रोमोशनमा ब्यस्त छन् ।बिबाहको कुरा चल्दा उनले आफ्नो काममा ध्यान दिइरहेको बताएका छन् । मलाइकासँग विहे कहिले गर्ने भन्ने प्रश्नमा उनले भने, ‘मैले सँधै मिडियाको प्रश्नको उत्तर दिँदै आएको छु । मेरो विहेको समचार पनि मिडिया मार्फत नै खुलासा गर्नेछु ।’

उनले मिडियासँग कुराकानी गर्ने क्रममा भनेका थिए ( ‘म अहिले विवाह गर्न गइरहेको छैन। जब म विवाह गर्छु सबैलाई खुलेर जानकारी दिन्छु। विवाहलाई लुकाउनुपर्ने कुनै कारण छैन,’ उनले आफ्नो ध्यान अहिले बिबाहमा नभइ काममा केन्द्रित भएको बताएका छन् ।उनले भने अहिले मेरो सम्पूर्ण ध्यान काममा केन्द्रित छ, अहिले विवाह गर्ने कुनै योजना छैन। अरुले मेरो विषयमा के कुरा गर्छन् त्यसले मलाइ कुनै फरक पार्दैन।अर्जुनको आगामी फिल्म ‘इन्डियाज मोस्ट वान्टेड’ राजकुमार गुप्ताले निर्देशन गरेका हुन् । यो फिल्म मे २४ मा रिलिज हुनेछ ।

Comments