मुम्बइ। केहि समय पहिले बलिउडमा अभिनेत्री तनुश्री दत्ता र अभिनेता नाना पाटेकर बिचको बिबादले निकै चर्चा पायो । यी दुइको बिबादले नै बलिउडमा हँगामा मच्चाएको थियो। अभिनेत्रि तनुश्री दत्ताले नै बलिउडमा मीटू अभियान सुरु गरेकी थिइन् ।अभिनेत्री तनुश्री दत्ताले सुटिङ्को दौरान संवेदनशिल अंगमा छुन खोजेको आरोप नाना पाटेकरलाई लगाएकी थिइन् ।

उनले नाना पाटेकरलाइ मात्र होइन गणेश आचार्यलाइ समेत सेटमा आफ्नो शोषण गरेको आरोप लगाएकी थिइन् । त्यसपछि उनले सेट छोडेर गएको बताएकी थिइन् ।उनले आरोपीहरुविरुद्ध ओशिवारा पुलिस स्टेशनमा ७ महिना पहिले नै एफआइआर दर्ता गराएकी थिइन् । तर अब पुलिसले यो मुद्दा अगाडि बढाउन नसक्ने भएको छ । २००८ मा एउटा आइटम डान्स सुट गरिरहदा यौनशोषण भएको तनुश्री दत्ताको आरोप थियो । पुलिसका अनुसार यो घटनामा करिब १ दर्जन प्रत्यक्षदर्शीको बयान दर्ता गरिएको थियो ।

पुलिसका अनुसार यसरी बयान दिने सबै ब्याकग्राउण्ड डान्सर वा त्यतिबेला सेटमा रहेका कर्मचारी छन् । यीमध्ये कसैको पनि बयान तनुश्रीको आरोपको पक्षमा छैन । त्यहा भएका सबैको बयान लिदा कसैले पनि तनुश्रीको आरोपको पक्षमा बयान दिएनन् ।जसले गर्दा यो मुद्दा अगाडि नबढ्ने भएको हो ।सबैले शोषणको घटना याद नभएको बताएका छन् । तर अभिनेत्रि तनुश्री दत्ताले भने सेटमा भएका सबैलाइ नाना पाटेकरले धम्की दिएको बताएकी छिन् ।

Comments