काठमाडौं – बलिउडमा निकै चर्चामा आइरहने चर्चित अभिनेत्रि हुन् प्रियंका चोपडा । अमेरीकी गायक निक जोनस सँग बिबाह बन्धनमा बाधिएकी अभिनेत्रि प्रियंका चोपडा हलिउडमा पनि निकै ठाउँ बनाइसकेकी छिन् । यसैक्रममा हालै उनी एक कारणले चर्चामा आएकी छिन् । उनको इन्स्टाग्राममा बुधवार चार करोड फलोअर्स पुगेका छन् । इन्स्टाग्राममा ४ करोड फलोअर्स पुगेपछी अभिनेत्रि प्रियंकाले सबै फलोअर्सलाई धन्यवाद दिएकी छिन् ।

उनले फलोअर्सलाई धन्यवाद दिंदै एक भिडियो सार्वजनिक गरेकी छिन् ।उक्त भिडियोमा अभिनेत्रि प्रियंका चोपडा निकै खुशि देखिएकी छिन् ।उनले सबै फलोअर आफ्नो सफरको सहयात्री र इन्स्टा परिवार भएको बताएकी छिन् । पछिल्लो साय अभिनेत्रि प्रियंका चोपडा ‘मेट गाला २०१९’मा लगाएको पहिरनको कारण निकै चर्चामा आइन्। उक्त पहिरनले उनी ट्रोल पनि बनिन् । यसैकारणले नै बुझ्न सकिन्छ प्रियंकाको क्रियाकलापलाई पछ्याउने धेरै रहेछन् ।

Comments