बाजुरा – भीरबाट लडेर एकजना वृद्धको ज्यान गएको छ ।ज्यान जानेमा ७५ वर्षीया पच्चवीर रोकाया रहेका छन् ।उनको हिमाली गाउँपालिका९ ३ युनामा भीरबाट लडेर ज्यान गएको हो ।

गाउँनजिकै घट्टेखोला जंगलमा वस्तुभाउ चराउन गएको समयमा भीरबाट लडेको गाई बचाउन खोज्दा लडेर पच्चवीरको ज्यान गएको बताइएको छ ।सदरमुकामबाट पाँच दिनको पैदल दुरीमा रहेको युनामा गाई बचाउन गएका रोकायाको लडेर ज्यान गएको हो ।

Comments