एजेन्सी – बलिउडका चर्चित अभिनेता रणबीर कपूर र अभिनेत्री दीपिका पादुकोणलाई फेरी सँगै पर्दामा देख्न पाइने भएको छ ।भारतीय मिडियाका अनुसार यो जोडीलाई फेरी पनि फिल्मको पर्दामा ल्याउने तयारी अनुराग बासुले गरेका छन् । फिल्म ‘तमासा’मा सँगै काम गरेका यी दुइलाइ फेरी साथ ल्याउने तयारी भएको बताइएको ।उनीहरुले फिल्म ‘बच्ना ए हसिनो’ फिल्म एक साथ गरेका थिए ।

यता, रणबीरसँग भने निर्देशक अनुराग बासुले ‘बर्फी’ र ’जग्गा जासुस’मा सँगै काम गरिसकेका छन् । निर्देशक अनुराग बासुसँग यो फिल्म दीपिकाको पहिलो हुने बताइएको छ ।अभिनेता रणबीर र दीपिकाको अफेयर र ब्रेकअपको बारे सबैलाइ थाहा छ। अब उनीहरु एक साथ काम गर्नका लागि उनीहरुले स्क्रीप्ट पढेर यो फिल्म साईन गर्ने नगर्ने निर्णयमा भर पर्ने बताइएको छ ।

Comments