एजेन्सी – हामि सबैलाइ थाहा छ । शिक्षा हाम्रो लागी अति महत्वपूर्ण छ । शिक्षा बिना केहि कामलाइ पनि अघि बढाउनै सकिदैन ।त्यस्तै बालबालिकाका लागि पनि शिक्षा अति महत्वपूर्ण छ । कुनै बालबालिका शिक्षा लिन चाहादा चाहादै पनि शिक्षाबाट बञ्चित हुने गर्छन् । धेरै जसो आर्थिक स्थिती कमजोर भएका बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका हुन्छन् । शिक्षाबाट बञ्चित भएका बालबालिकाहरुको भबिष्य नै अन्योलमा पर्ने गर्छ ।

त्यस्तै एक १२ वर्षीय बालक पनि यस्तै उदाहरण बनेका छन्।भिडियोमा जहाँ इच्छा त्यहाँ उपाय भनेझै पेरुको मोछे शहरका एक बालकले सडकको पेटीमा बसेर पढिरहेका छन् । बालकले सडकको पेटीमा बसेर पढिरहेको उक्त भिडियो अहिले निकै भाइरल भइरहेको छ ।

उक्त भिडियो सिसिटीभी फुटेजमा कैद भएको हो । घरमा उनका परिवारले बत्तीको पैसा समेत तिर्न नसक्ने अवस्थाआएपछि ती बालकले सडकमा बसेर पढ्ने गरेको बताइएको छ ।बालकले सडकमा बसेर पढेको उक्त भिडियोमा एक प्रहरीले देखे । प्रहरीले क्यामेरा जाँच गर्दा फेला उक्त भिडियो फेला पारेका हुन् । बालक त्यहाँ आफ्नो होमवर्क गर्न जाने गरेको बताइएको छ।

Comments