काठमाडौँ : केहीदिन अगाडि मलेसियामा सम्पन्न ‘ओकिनवा गोजु-रियो खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता-२०१९’ मा नेपालले ३ स्वर्ण र १ कास्य गरी ४ पदक जितेपछी यतिखेर उक्त खेलमा संलग्न खेलाडीहरुको चौतर्फी चर्चा छ ।

उक्त खेलमा प्रशिक्षक रञ्जनमान श्रेष्ठले नेतृत्व गरेको टोलीले ३ स्वर्ण जितेको हो । यस क्रममा ४० वर्षभन्दा माथि उमेर समूहमा विनोदमान श्रेष्ठ, ३० वर्षमाथि उमेर समूहमा विवस घिमिरे र ३० वर्षमुनि उमेर समूहमा कुमार चौलागाईले स्वर्णपदक हात पारेका थिए ।

यतिखेर स्वर्णपदक बिजेता खेलाडीहरु नेपाल फर्की सकेका छन । नेपाल फर्केपछी खेलाडिलाई खेलकुद मन्त्रीले बधाई ज्ञापन समेत गरिसकेका छन । आफुहरुले स्वर्णपदक जितेर आउँदा पनि सरकारले आफुहरुलाई उचित सम्मान नदिएको खेलाडी कुमार चौलागाईंको भनाइ छ । भिडियोमा आफुहरुले स्वर्ण पदक जितेर आउँदाको दु:ख शुख कुमारले ब्यक्त गरेका छन ।

Comments