काठमाडौं– प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली स्वदेश फर्किएका छन्। गत वैशाख २६ गते भियतनाम र कम्बोडिया प्रस्थान गरेका ओली बुधबार साँझ स्वदेश फर्किएका हुन्।

समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गरेका थिए।

फर्कने क्रममा ओलीको उडानका कारण त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थल आधाघण्टा अरु उडान बन्द भएको थियो ।जहाज अवतरण भन्दा १५ मिनेट अघि र अवतरणको १५ मिनेट पछिसम्म सबै उडान तथा अवतरण बन्द भएका थिए ।

यसबाट अन्तर्राष्ट्रिय उडान प्रभावित हुनेछन्। आन्तरिक तर्फका धेरै उडान भएपनि यो समयमा अन्तर्राष्ट्रिय तर्फका आधा दर्जन उडान रहेका छन्। यही कारणले गर्दा आधार दर्जन उडान तथा अतवरण प्रभावित हुने विमानस्थल कार्यालयले जानकारी दिएको थियो ।

Comments