काठमाडौं– राजधानीको कालोपुलमा युवतीमाथि एसिड प्रहार भएको छ। २० वर्षीया जेबी खड्कालाई कोठाबाट बाहिर ल्याएर बुधबार साँझ ७ बजेतिर एक युवकले एसिड प्रहार गरेका छन् । एसिड प्रहर गर्ने युवक आफ्नै श्रीमान रहेको पनि खुलेको छ ।

सम्बन्ध बिग्रिएपछि आफुलाई छाडेर हिंडेकी श्रीमतीमाथि एसिड प्रहार गर्ने काभ्रेका विष्णु भुजेल काँडाघारीबाट पक्राउ परेका छन्।भुजेलले पीडित युवतीसँग एक वर्षअघि भागेर विवाह गरेका थिए। पछिल्लो समय सम्बन्ध खराब भएसँगै युवतीले उनलाई छोडेपछि विवाद चुलिएको थियो।

युवतीको अवस्था गम्भीर छ। उनको दुइटै हात जलेको छ। छाती, गलामा पनि गहिरो घाउ भएको छ।

Comments