काठमाडौं । हिजो ह्वात्तै घटेको सुनको मुल्य आज सामान्य रुपमा बढेको छ। हिजो ६० हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको छापावाला सुनको मुल्य आज एक सय रुपैयाँले बढेर ६० हजार ७ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै आज तेजावी सुनको मूल्य पनि बढेको छ।

आज तेजावी सुन प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको मूल्यमा भने कुनै परिबर्तन भएको छैन ।हिजो प्रतितोला ७२५ रुपैयाँ रहेको चाँदीको मूल्य आज सोहि मुल्यमा नै कायम रहेको महासंघले जनाएको छ।

Comments