सीपीएल लिगको प्लेयर ड्राफ्टमा लेग स्पीनर सन्दीप सहित चार नेपाली खेलाडी परेका छन् । वेष्ट इण्डिजको क्रिकेट लिग सीपीएल टी–ट्वान्टी क्रिकेटको ड्राफ्टमा सन्दीप लामिछानेसहित चार खेलाडी परेका हुन् । सीपीएल टी–ट्वान्टी क्रिकेटको ड्राफ्टमा नेपाली राष्ट्रिय टोलीका लेग स्पीनर सन्दीप लामिछाने , दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र रोहित पौडेल परेका हुन् ।

गत सिजन सीपीएलमा सन्दिपले ५ खेल खेल्दै १०६ रन खर्चेर ७ विकेट लिएका थिए ।ड्राफ्टमा परेका खेलाडीहरुको छनोट ६ टिमले २२ मे मा अन्तिम छनोट गर्ने बताइएको छ ।ड्राफ्टमा २१ देशका ५३६ खेलाडी छन् ।

Comments