बलिउडमा निकै चर्चामा आइरहने रियल लाइफका जोडी हुन् अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण । यी जोडीलाइ निकै सफल जोडी मान्ने गरिन्छ । गत वर्ष बिबाह बन्धनमा बाधिएका यी दुइ बेला बेलामा बिभिन्न कुराले चर्चामा आइरहने गर्छन् । यी दुइका फिल्महरुले निकै सफलता हासिल गरेका छन् ।

फिल्म ‘पद्मावत’ र ‘बाजीराव मस्तानी’ मा एकसाथ काम गरिसकेका यी रियल लाइफका जोडीले अब फेरी एकसाथ एउटै फिल्ममा काम गर्ने भएका छन् । फिल्म ‘८३’ मा रणवीर सिंहलाई पहिला नै अनुबन्धित गरिसकिएको थियो भने अब दीपिकालाई रणवीरको यस फिल्ममा फाइनल गरिएको छ ।

यस फिल्ममा यी दुइले श्रीमान्–श्रीमतीको भूमिका निभाउने बताइएको छ । भारतिय मिडियाका अनुसार भारतको पहिलो क्रिकेट वर्ल्ड कपको कहानीलाई बयान गर्ने फिल्म ‘८३’ मा रणवीर सिंहले क्रिकेटर कपिल देवको भूमिका निभाउँने भएका छन् । रोमी भाटियाको भूमिका निभाएकी दिपिकाको फिल्ममा गेस्ट अपियरेन्स हुनेछ ।

Comments