२ जेठ, काठमाडौं । उमेरले दामोरानी तामाङ्नी र काईली तामाङ्नीले सताब्दी काटिसके । तर, उनीहरुको फूर्तिफार्ती हेर्दा कत्ति त्यस्तो लाग्दैन । बसाई सरेर चितवन आउनु अघिसम्म यो जोडी सँगै घाँसदाउरा गर्न जंगल जान्थे । अहिले नयाँ घरमा आएपछि छोराबुहारीले बस्तुभाउ पाल्न छाडे । त्यसपछि उनीहरु ‘बेकामे’ भएका छन् ।

दामोरानीलाई अहिले पनि घाँसदाउरा गर्न मन छ । तर, शरीरले नसक्ने भइसकेको अनुभूति पनि छ उनलाई । यो जोडीले सँगै सताब्दीमै काटेका छैनन् । नातामा पनि अन्तर्निहित छन् । उनीहरुका श्रीमान एउटै । यो नातालाई नेपाली समाजले ‘सौता’ भन्ने गरेको छ ।

दामोरानी र काईलीका श्रीमान सन्तवीर तामाङ धेरै पहिले बितिसके । पर्सा जिल्लाको सुवर्णपुरबाट बसाइँ सरेर हालै उनीहरु चितवनको कालिका नगरपालिका १ गढुवाटोलमा आएका छन् ।छोरा माईला तामाङ पहिलेदेखि नै किराना पसल चलाउँथे । घरमा भैंसी, बाख्रा पनि पाल्थे । नत्र अहिले पनि दामोरानी र काईलीलाई घाँसदाउ गर्न जान मन छ । बसाइँ सरेर गढुवाटोल आएपछि माईलाले किराना पसल त खोले तर, बस्तुभाउ पाल्न भने छाडे ।

नसक्ने हुँदा पनि आमाहरु अटेरी गरी घाँसदाउरामा जाने भएकाले बस्तुभाउ पाल्न छोडेको माईला बताउँछन् । दामोरानीका अनुसार उनकै आग्रहमा श्रीमानले कान्छी श्रीमतीका रुपमा काईलीलाई भित्र्याएका थिए । ‘म बाट बच्चा भएन अनि ल्याउन लाको पो’, दामोरानी भन्छिन्, ‘आफैंले ल्याउन लाको मान्छेको माया लाग्दैन त ।’ काईलीतर्फबाट तीन छोरा र तीन छोरी छन् । बाँकी हेर्नुहोस् भिडियो कुराकानीमाः

Comments