काठमाडौं – बुधवार फिल्म ‘वीर विक्रम २’ले प्रिमियर सम्पन्न गरेको छ । भब्य रुपमा आयोजना गरिएको प्रिमियर शोमा निर्माण युनिट,पत्रकार र कलाकारहरुको उपस्थिती रहेको थियो ।‘रोयल प्रिमियर’ नाम दिइएको उक्त प्रिमियरमा बाजागाजासहित कलाकारका पहिरन दर्शक र संचारकर्मिले लामो समय हेरिरहेको दृश्य निकै मनमोहक लाथ्यो ।

प्रिमियरमा चलचित्रका कलाकारहरु वर्षा सिवाकोटी, नाजिर हुसेन र पल शाह आकर्षणका केन्द्र बनेका थिए । सो अवसरमा चर्चित कलाकारहरु शिव श्रेष्ठ, भुवन केसी, सन्दीप क्षेत्री, अनु शाह, प्रमोद खरेल लगायतका कलाकारले फिल्म हेरेर राम्रो भएको प्रतिक्रिया दिएका थिए ।त्यसमध्ये पनि प्रमुख आकर्षण बनिन् यस चलचित्रकी नायिका वर्षा सिवाकोटी ।उनी गुलाबी रङ्गको आकर्षक गाउनमा सजिएकी थिइन् ।

Comments