काठमाडौँ – रुपन्देहीमा नेपाल प्रहरीले गोलि चलाएको छ। रुपन्देहीको शंकरपुर नाकामा एक व्यक्तिलाई पक्राउ गर्न प्रहरीले गोलि चलाएको हो।भारतबाट हतियार लिएर नेपाल प्रवेश गरेका एक व्यक्तिलाई पक्राउ गर्नेक्रममा प्रहरीले गोलि चलाएको जनाइएको छ ।प्रहरीका अनुसार भारतबाट हतियार लिएर नेपाल प्रवेश गरेका व्यक्तिलाई पक्राउ गर्न खोज्दा उल्टै आक्रमण गरेपछि प्रहरीले गोलि चलाइएको बताइएको छ ।

पक्राउ गर्न खोज्दा गुहार मागेपछि भारतीयहरु नेपाली सीमाक्षेत्रमा प्रवेश गरेर प्रहरीलाई आक्रमण गरेका र प्रहरीले गोलि चलाएको प्रहरीले जनाएको छ ।गोलि लागेर एक जना घाइते भएको र घाइतेलाई भारतीय पक्षले नै उठाएर लगेको प्रहरीले जनाएको छ ।सोहि क्रममा प्रहरीले अटोमेटिक पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत महाराजगंज जिल्ला फरेन्दाका दिलिप धोबी रहेको बताइएको छ ।घाइते हुने झिनाउ धोबी रहेको प्रहरीले जनाएको छ ।

Comments