चर्चित अभिनेत्री वर्षा राउत अहिले फिल्म ‘जात्रै जात्रा’को प्रचारप्रसारमा व्यस्त छिन । भखरैमात्र बैवाहिक बन्धनमा बाधिएकी उनि घर-गृहस्तीसँगै फिल्ममा पनि निकै सक्रिय बनिरहेकी छिन । फिल्मको प्रर्दशन मिती नजिकिएसँगै निर्माण टिमकासाथमा उनले प्रचारप्रसारलाई तीव्र बनाएकी छिन ।

यसैक्रममा अहिले उनले सुत्र इन्टरटेन्मेन्टसँग अन्तर्वार्ता दिइएकी छिन । अन्तरवार्ता दिनेक्रममा उनले फिल्मसँगै आफ्नो व्यक्तिगत जीवनको बारेमा पनि बताएकी छिन । उनले विवाहपछि र अघिको जीवनमा खासै फरक नभएको बताएकी छिन । साथै उनले आफ्नो हनिमुन पनि खासै फरक नभएको बताइन । उनका अनुसार, विवाह अगाडी एकअर्कालाई गरेको डेटनै विवाहपछि हनिमुनको नाममा परिणत हुने बताइन ।

साथै उनले आफ्नो पहिलो सन्तानको बारेमा पनि मुख खोलिन । उनि भन्छिन ‘मलाई लक्ष्मी यानिकी छोरी एकदम मन पर्छ र मेरो पहिलो सन्तान छोरी नै होस् । तर अहिले छोरीको नाम भने सोचेको छैन । बाकीं भिडियोमा हेर्नुहोस्:

Comments