चितवनका कपिल पौडेल ठ्याक्कै भारतिय गायक सोनु निगम जस्तै देखिन्छन् । उनीह्रुको कपाल र अनुहार मात्रै हैन, गायकी पनि मिल्छ । जसरी सोनुले मिठो आवाजमा गीत गाउँदै करोडौं फ्यान बनाएका छन् त्यसैगरी कपिल पनि आफ्नो स्वरले दुनियाँ जित्ने प्रयाशमा छन् । कपिल पनि निकै मिठो आवाजमा सुमधुर गीतहरु गाउँछन् ।

कपिल पौडेल ठेलामा मःमः बेच्ने गायक भनेर पनि चिनिएका छन् । उनले यसअघि नै साला काठमाडौं बोलको गीत ल्याईसके । जसमा शिशिर भण्डारीको अभिनय छ । उनको उक्त गीतलाई धेरैले रुचाए । आउनुहोस, स्टार न्युज नेपालका रबिन पौडेलले कपिलसँग लिएको यो रमाईलो कुराकानीको भिडियो हेरौं ।

Comments