काठमाडौं। जिनेदिन जिदानले रियल मड्रिडमा ठूलो परिवर्तन गर्न चाहन्छन् । यसका लागि उनले यो समरमा १४ जना खेलाडीलाई क्लव छाडेर जान भन्दैछन् । यो सिजन रियल ट्रफीविहीन रह्यो । उसको घरेलु र युरोपियन लिग दुवैमा प्रदर्शन राम्रो रहेन । यस्तोमा जिदानले इडेन हजार्ड, पउल पोग्बा र लुका जोभिकलाई क्लवमा ल्याउन प्रयास गर्दैछन् । यसका लागि केलर नाभास, जेम्स रोड्रिगुएज र ग्यारेथ बेल क्लवबाट बाहिरिनेछन् ।

रिपोर्टअनुसार १९ खेलाडी जिदानको योजनाअनुसार फिट छन् र उनीहरु क्लवमै रहनेछन् । नाभासलाई जिदानले क्लव छाडेर जान भनिसकेका छन् । किनकि जिदानले एन्डिङ लुनिन र लुका जिदानलाई थिबाउट कोर्टोइसको ब्याकअप गोलकिपरको रुपमा तयार पारेका छन् । डिफेन्सको कुरा गर्दा जिसस भालेजो, थियो हर्नान्डेज र सर्जियो रेगिलन समरपछि क्लवमा नरहने भएका छन् ।

यो स्थानका लागि जिदानले लियोनका फूलब्याक फरल्याण्ड मेन्डीलाई ल्याउने तयारी गरेका छन् । उनलाई मार्सेलोले साथ दिनेछन् । पोर्चुगलको क्लव पोर्तोका डिफेण्डर इडर मिलिटाओ पनि ल्याउने जिदानको तयारी छ । मिडफिल्डमा माटियो कोभासिक, जेम्स रोड्रिगुएज र मार्टिन ओडेगार्डलाई रियलले जान दिनेछ । यो ठाउँमा जिदानले पउल पोग्बा, क्रिस्चियन एरिक्सन र अयाक्सका डोनी भान डे बीकलाई ल्याउने योजना बनाएका छन् ।

ड्यानी सेबालोस, मार्कोस लोरेन्टे र ओस्कार रोड्रिगुएज समेत यो सिजन रियलबाट बाहिरिने खेलाडीको सूचीमा भएको बताइएको छ । ग्यारेथ बेल यो सूचीको सबैभन्दा हाइप्रोफाइल नाम हो । बेललाई जानको लागि सम्भावित विकल्पको रुपमा पिएसजी, टोट्टनह्याम र म्यानचेस्टर युनाइटेड उपयुक्त हुने मानिएको छ । चेल्सीका इडन हजार्डले बेललाई रिप्लेस गर्ने बताइएको छ । हजार्डका लागि रियल ८६ मिलियन पाउण्ड खर्च गर्न तयार भएको छ । लुकास भाजक्वेज, ब्राहिम डियाज र मारियानो डियाज समेत यो सिजनपछि रियलमा नरहने रिपोर्टमा उल्लेख छ ।

जिदानले हटाउन चाहेका खेलाडीहरु – गोलकिपरः केलर नाभास डिफेण्डरः जिसस भालेजो, थियो हर्नान्डेज र सर्जियो रेगिलन मिडफिल्डरः ड्यानी सेबालोस, मार्कोस लोरेन्टे, ओस्कार रोड्रिगुएज, माटियो कोभासिक, जेम्स रोड्रिगुएज र मार्टिन ओडेगार्ड फरवार्डः ग्यारेथ बेल लुकास भाजक्वेज, ब्राहिम डियाज र मारियानो डियाज

Comments