काठमाडौ । ब्रिटेनको चर्चित टेलिभिजन शो ‘हु वान्ट्स टु विए मिलेनियर’ बाट लाइसेन्स प्राप्त गरेर नेपालीफ्रेन्चाइज ‘को बन्छ कारोडपति’ कार्यक्रम एपीवान टेलिभिजनबाट प्रसारण हुँदै आएको छ ।क्विजको रियालिटि शो हो ‘को बन्छ कारेडपति’ ।

उक्त शोमा विराटनगरका राजिवजैनले एक करोड रुपैयाँ जितेका थिए । ४० र ४१ औँश्रृङ्खलामा उनले १५ वटै प्रश्नको सही जवाफदिँदै एक करोड जितेका हुन् । को बन्छ करोडपति?मा १ करोड जित्ने उनी पहिलो सहभागी हुन् ।उनलाई एक करोड रुपैयाँका लागि ‘२००७ साल प्रजातन्त्रपछिको पहिलो ऐतिहासिक चुनावकहिले घोषणा गरिएको थियो ?’ रहेको थियो ।

उनका लागि चार वटा अप्सन यस्ता थिए, अप्सनए–२०१४ माघ १९, अप्सन बी– २०१४ फागुन ७,अप्सन सी–२०१४ मसिंर २, अप्सन डी–२०१४ पुस २५। उनले २०१४ माघ १९ गते उत्तर दिएर १ करोडजितेका हुन् । तर, अप्सन ए–२०१४ माघ १९ जैनले उत्तर दिनु अघि पानी पिउने इच्छा देखाएकाथिए र पानी पिईसकेपछि कार्यक्रमकासञ्चालक राजेश हमालले ‘यसो डुल्न मन लागेकोछ भने डुल्नुस्… आउनुस्..गफ गर्दै गर्दै, प्रजातन्त्र ततपाँइलाई थाहा छँदै छ’ भन्दै स्टेजमा डुलाउँछन् ।

जैन ले ‘चुनाव चाँही फगुन मै भएको हो भन्ने वाक्य पुरा हुन नपाँउदै सेटमा कसैको आवाज सुनिन्छमाघ हो माघ । उक्त आवाज सुनिसकेपछि उनी हटसिटमा बस्छन् र उत्तर दिन्छन् । उनको उत्तर मिल्छर बन्छन् ‘को बन्छ कारेडपति’को पहिलो करोडविजेता । रियालिटि शोमा लापर्वाहि त हुनुनपर्ने हो । तर, क्विजको रियालिटि शोमा गम्भिर गल्ति हुन नदिन आयोजक सजक भएको देखिँदैन ।

Comments