विश्वकप लागि इंग्ल्याण्डले इंग्लिस टोलीको घोषणा गरेको छ ।विश्वकप क्रिकेट सुरु हुन अब केहि दिन मात्र बाकिँ रहेको छ ।आज इंग्ल्याण्डले विश्वकपका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ ।इंग्ल्याण्ड क्रिकेट बोर्डले घोषणा गरेको उक्त टोलीमा जोफ्रा आर्चर, टम करन, लायम डसन परेका छन् ।उक्त क्रिकेट बोर्डले घोषणा गरेको टोलीमा डेभिड विली र जो डेन्ली भने परेनन् ।गएको मार्चमा इंग्लिस टोलीमा छानिएका आर्चर इंग्ल्याण्डबाट तीन वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेपछि नै विश्वकप खेल्ने टोलीमा समावेश भएका हुन् ।

हेर्नुहोस् यस्तो छ इंग्लिस टोली – ओयन मोर्गन –क्याप्टेन , मोइन अली , जोफ्रा आर्चर , जोनी बेयरस्टो , जस बटलर – विकेटकीपर , टम करन , लायम डसन , लायम प्लङ्केट , अदिल रशिद , जो रुट , जेसन रोय , बेन स्टोक्स , जेम्स भिन्स , क्रिस वोक्स , मार्क वुड

Comments