चर्चित बाइक निर्माता कम्पनी डुकाटीले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर निमार्ण गरेको छ । यूके बेस इलेक्ट्रिक स्कुटर निर्माता कम्पनी सुुपर सोकोसँगको सहर्कायमा डुकाटीले आफ्नो पहिलो स्कुटर निर्माण गरेको हो । डुकाटीले मोटोजिपी बाइक निर्माणमा समेत सुपर सोकोसँग सहकार्य गर्दै आइरहेको छ ।

डुकाटीको पहिलो स्कुटर सार्वजनिक, यस्तो छ मूल्य र बिशेषता सुपर सोको सीयूएक्सलाई डुकाटीले आफ्नो थेममा इलेक्ट्रिक स्कुटर निर्माण गरेको हो । कम्पनीले सीयूएक्सलाई रातो र सेतो कलरमा पूर्ण डुकाटी थेममा ग्राफिक गरेको छ । सीयूएक्स डुकाटीको मूल्य ३ हजार पाउन्ड तोकिएको छ । यो सबैभन्दा महंगो इलेक्ट्रिक स्कुटर हो ।

सीयूएक्स डुकाटीमा ३० एएच लिथिएम ब्याट्री दिइएको छ । यो ब्याट्री साढे ३ घन्टामा फुल चार्ज हुने कम्पनीले जनाएको छ । एक पटकको चार्जमा यो स्कुटरले ७५ किलोमिटर यात्रा गर्न सक्छ । यसको टप स्पीड ४१ किलोमिटर प्रति घन्टा रहेको छ । यसमा १८० एमएमको रियर तथा फ्रन्ट डिस्क दिइएको छ । सीबीएस ब्रेकिङ सिस्टम रहेको यो स्कुटर १.८ मिटरमा पुर्ण रुपमा रोकिन सक्छ ।

सीयूएक्स डुकाटीमा फुल एलइडी हेडल्याम्प, एचडी क्यामेरा, फुल डिजिटल कन्सोल, जी फोर्स सेन्सर, स्मार्ट फोन कनेक्टेड जस्ता अत्याधुनिक फिचरहरु रहेको छ ।

Comments