काठमाण्डौ – मंगलबार काठमाण्डौको तापक्रम यो वर्षकै उच्च मापन गरिएको छ ।केहिदिनयता देखि पानी नपर्दा काठमाण्डौको अधिकतम यो वर्षकै उच्च भएको जल तथा मौसम विज्ञान विभागले जनाएका छन् । मंगलबार काठमाण्डौको अधिकतम तापक्रम ३२ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यसअघि वैशाख १९ गते ३२ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो ।त्यस्तै यसअघि २०४६ साल वैशाख २५ गते काठमाण्डौको तापक्रम अहिलेसम्म कै धेरै ३६ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको थियो ।बुधबार धेरै ठाउँको मौसम बदली भई मेघगर्जन र हुरीबताससहित पानी परेपछि तापक्रम केही घट्ने मौसमविद्ले जनाएका छन् ।

Comments