एजेन्सी – बलिउडका चर्चित अभिनेता आमिर खानका भाञ्जाको सम्बन्धविच्छेद हुन लागेको कुरा बाहिरिएको छ ।अभिनेता आमिर खानका भाञ्जा इमरान खानको श्रीमती अवन्तिका मलिकसँग सम्बन्धविच्छेद हुन लागेको भारतिय मिडियाले जनाएका छन् ।भारतीय मिडियाका अनुसार आमिर खानका भाञ्जा इमरान र अवन्तिकाको सम्बन्ध ‘ब्रेकअप’ को स्थितीमा पुगिसकेको बताइएको छ ।

इमरानकी श्रीमती अवन्तिका इमरानको घर छोडेर छोरी इमारासँग माइतीमा बसिरहेकी छन् ।यस बिषयमा भने इमरान र अवन्तिकाले मुख खोलेको छैन् ।यो जोडी लामो समय प्रेममा रहेर बिबाह गरेका थिए ।उनीहरुको बिबाह सन् २०११ मा भव्य रुपमा भएको थियो । अहिले यी दुइको सम्बन्धविच्छेद बारे निकै चर्चा चलेको छ ।

Comments