पाँचथर – पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा सोमबार राति दुई परिवारका नौ जनाको विभत्स हत्या भएको छ । दुई परिवारका ९ जनाको हत्या भएपछि अहिले गाउँ नै शोकमा डुबेको छ । हत्या भएका ९ जनाको शव पोष्टमार्टमको लागि धरान लगिएको प्रहरीले जनाएको छ ।

पाँचथरको आरुबोटेमा हत्या भएका दुई वटै परिवारका ९ जनाको शव मंगलबार राति धरानको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको बताइएको छ ।घाइते बालिकाको झापाको लाइफलाईन अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ।अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले घटनास्थलमा अनुसन्धान गरिरहेको छ।

Comments