भारतमा भएको आतंककारी आक्रमणमा ११ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा नेश्नल पिपुल्स पार्टीका सांसद तिरोंगो अबोसहित ११ जना रहेका छन् । आतंककारी आक्रमण भारतको अरुणाञ्चल प्रदेशको तिराप जिल्लामा भएको हो । अरुणाञ्चल प्रदेशको तिराप जिल्लामा भएको उक्त आक्रमणमा ५६ वर्षीय सांसद अबोसहित उनका छोराको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त आतंककारी आक्रमणमा २ जना गम्भीर घाइते भएको बताइएको छ ।चार ओटा गाडीमा सुरक्षा व्यवस्था सहित सांसद अबो अरुणाञ्चल गइरहेका बेला खोनसा–देओमाली सडक खण्डमा बन्दुकधारी आक्रमणकारीले हमला गरेको बताइएको छ ।यस बारे अरुणाञ्चल प्रहरीले घटनाको पुष्टि गरेको छ ।

Comments