काठमाडौं – यसपटकको कान्स फिल्म फेस्टिभलमा विश्वभरका धेरै चर्चित कलाकारहरुको सहभागिता रहेको छ । फ्रान्समा जारी उक्त कान्स फिल्म फेस्टिवलमा यसपटक सबैको ध्यान । अमेरिकी नायिका एले फानिङमाथि गएको छ ।कान्सको रेड कार्पेटमा उनी बेहोस भएकी छिन् ।उनी आफुले लगाएको ड्रेसका कारण बेहोस भएको उनले खुलाएकी छिन् । आफुले निकै कसिलो लुगा लगाएका कारण बेहोस भएको बताएकी छिन् । एले कोपार्ड ट्रफी डिनर पार्टीमा पुगेकी उनी बेहोस भइन् र तत्कालै ठिक भइन् ।

प्रत्यक्षदर्शीका अनुसार यो घटना यति छिटो भयो कि धेरैले उनी बेहोस भएको देख्दा पनि देखेनन् ।उनले मिडियामा समेत जानकारी दिँदै चिन्ता गर्नुपर्ने स्थिती नभएको बताएकी छिन् । उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा फोटो सेयर गर्दै लेखेकी छिन्, ‘आज राती म आफ्नो १९५० को प्रादा प्रोम ड्रेसका कारण बेहोस भएँ । तर अहिले सबै ठिक भइसकेको छ ।’उनले ह्यासट्याग गर्दै उक्त पहिरन निकै कसिलो भएको बताएकी छिन् । बेहोस् भएर भुइँमा झरेकी उनलाई उनकी बहिनी बचाउन आएकी थिइन् ।उनले आफ्नो लुकका केही तस्वीर इन्स्टाग्राममा शेयर गरेकी छिन् । उक्त फेस्टिभलमा सबैको ध्यान उनी तर्फ थियो । हेर्नुहोस् तस्बिरमा

 

View this post on Instagram

 

Oops, had a fainting spell tonight in my 1950’s Prada prom dress but it’s all good!! #dresstootight #timeofthemonth

A post shared by Elle Fanning (@ellefanning) on

Comments