एजेन्सी – पूर्वपोर्नस्टार सन्नी लियोनी बलिउडमा निकै जमेकी हिरोइन् हुन् ।अभिनेत्रि सन्नी लियोनी बेला बेलामा बिभिन्न कारणले चर्चामा आइरहने गर्छिन् ।यसैक्रममा अब अभिनेत्रि सन्नी लियोनीले हरर कमेडी फिल्ममा काम गर्ने भएकी छिन् ।उनी हरर फिल्म खेल्ने तयारीमा जुटेको बताइएको छ ।भारतिय मिडियाका अनुसार उनी ‘कोकाकोला’ नामक फिल्ममा भूतको भूमिका निर्वाह गर्न लागेको बताइएको छ। यो फिल्म हरर तथा कमेडी दुवै जनरामा बन्न लागेको बताइएको छ ।

यस फिल्ममा महिन्द्रा धारीवाल निर्माता रहने र छायांकन देहरादुन, मसुरी, हरिद्वारलगायतका स्थानमा गरिने बताइएको छ।भारतिय मिडियाका अनुसार छायांकन यहि जुनबाट सुरु हुने निर्माण टिमले जनाएको छ । अभिनेत्रि सन्नी लियोनी फिल्ममा फाइनल भइसकेकी छिन् ।अरु कलाकारहरुको छनोट भइरहेको बताइएको छ ।

Comments