नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ माथि ९ अर्ब बढी भ्रष्टाचार गरेको आरोप लागेको छ । मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा सत्तारुढ नेकपाका सांसद अमनलाल मोदीले डेडिकेटेड फिडर तथा ट्रंक लाईन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरुसँग बक्यौता रकम असुली गर्ने नाममा ९ अर्ब बढि भ्रष्टाचार गरेको आरोप लाए संगै कुलमान घिसिङ्गले प्रमाणित गरेर देखाउनुहोस आफु झुण्डीएर तयार रहेको भन्दै मिडिया सामु चेतावनी दिए ।

समितिका सदस्य एवम् सत्तारुढ नेकपाका सांसद मोदीले कार्यकारी निर्देशक घिसिङले लोडसेडिङ मुक्त गरेको दम्भ देखाएर जनताको आखामा छारो हालेर भ्रष्टाचार गरिरहेको कुरा उल्लेख गरे । सांसद मोदीले कार्यकारी निर्देशक घिसिङ भ्रष्टाचारमा मुछिएको दावी गर्दै तत्काल छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग पनि माग गरेका छन् ।

के भन्छन कुलमान घिसिङ्ग आफुमा लागेको आरोपहरुको बारेमा ? केहि दिन अघि कुलमान घिसिङ्ग संग गरिएको कुराकानीको भिडियो हेर्नुहोस:

Comments