काठमाडौं : बैसाख ३१ गते साझ देखि काठमाडौँबाट बेपत्ता भएका बिपिन देब काफ्ले भेटिएका छन् । उनलाई आज बिरगंज बाट भेटिएको बिपिन कि श्रीमति निकिले बताएकी छन् । बिपिन को खोजि गर्न लागि पर्ने सबैलाई धन्यबाद दिदै निकी भन्छिन आज म धेरै खुशी छु हजुरहरुको प्रथाना र सहयोगले गर्दा हामीले उहालाई भेट्न सफल भएका छौ , मैले आफुलाई संसार कै भाग्यमानी महसुस गरेकिछु । बिपिन बैसाख ३१ गते साझ देखि काठमाडौँबाट बेपत्ता भएका थिए । ३१ गते मंगलवार होटल सांग्रीला अगाडी मोबाइलको अन्तिम ट्याकिङ्ग भएको उनको मोबाइल त्यसपछि खुलेको थिएन।

बा ९१ प २५५० नम्बरको स्कुटर लिएर घरबाट हिडेका उनी नभेटीदा परिवार बेचैन बनेको थियो । उनका श्रीमती आमा बुवा बहिनीले सबै नेपालीलाई खोजी कार्यमा सहयोग गर्न अपिल गरेका थिए ।हराएका बिपिनको परिवारमा रुवाबासी चलेको थियो ।जहाँ भएनी छोरा आइज ममीलाई नरुवा, श्रीमतीलाई नरुवा जहा जस्तो अवस्थामा भएपनि चाडो सम्पर्क गर छोरा भन्दै बिपिनकी आमाले बिलौना समेत पोखेकी थिइन ।

Comments