एजेन्सी – मंगलबार एक टिकटक सेलिब्रेटीको गोली हानी हत्या भएको छ ।हत्या हुनेमा टिकटक सेलिब्रेटी मोहित मोर रहेका छन् । उनको दिल्ली नजफगढ शहरमा गोली हानी हत्या गरिएको हो । जिम ट्रेनर समेत रहेका मोहित आफ्नो साथी भेट्न एक पसलमा पुग्दा उनीमाथि गोली प्रहार भएको हो । तीन बन्दुक धारीले १३ पटक गोली प्रहार गरेकोमा उनलाई ७ गोलि लागेको भारतीय मिडियाले खबर छापेको छ ।

मोहितमाथि गोली प्रहार भएपछी उनलाई नजिकैको अस्पतालमा लगिएको थियो ।तर उनलाई डाक्टरले मृत घोषणा गरेका थिए । व्यक्तिगत दुस्मनी र पैसाको विवादका कारण यो घटना घटेको प्रहरीले जनाएको छ। टिकटकका सेलिब्रेटी समेत रहेका मोहित माथि ३ जनाले हमाला गरी भागेको सिसिटिभी फुटेजमा देखिएको छ ।

Comments