काठमाडौं – पोखराका एचआइभी संक्रमित गोपाल श्रेष्ठले सगरमाथाको सफल आरोहण गरेका छन् । उनले सगरमाथाको सफल आरोहण गरेर एचआइभी संक्रमितको नयाँ कीर्तिमान बनाएका हुन् ।उनी सगरमाथाको चुचुरोमा पुग्ने पहिलो एचआइभी संक्रमित व्यक्ति भएका छन् । पोखराका ५६ वर्षिय श्रेष्ठ सगरमाथाको चुचुरोमा बुधबार बिहान पुगेका हुन् ।उनलाई २५ बर्ष अघि एचआइभी संक्रमण देखिएको थियो ।

पुर्व राष्ट्रिय फुटवल खेलाडी समेत रहेका श्रेष्ठ सन् २०१५ मा पनि सगरमाथा आरोहणका लागि गएका थिए ।तर भुकम्पका कारण आधार शिविरबाटै फर्किएका उनी अहिले भने सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान बनाएका छन् ।

Comments