स्वास्थ्य सम्बन्धी सचेत व्यक्तिहरु चुरोट सेवन गर्दैनन् । किनभने, चुरोटको धुँवाँ शरीरको लागि घातक छ ।तर, त्यही व्यक्ति पूजापाठ गर्दा वा मन्दिर धाउँदा अगरबत्तीको धुँवाँमा बस्छ । अगरबत्ती बाल्नु धार्मिक आस्थासँग जोडिएको छ । अगरबत्ती सुगन्धित हुन्छ । हामीलाई यस्तो सुगन्ध मन पनि पर्छ । कतिपय अवस्थामा दुर्घन्धको प्रभाव कम गर्न पनि अगरबत्ती बालिन्छ ।

अगरबत्ती बाल्नु सामान्य लाग्छ हामीलाई । अझ त्यसको असरबारे हामीले सायदै सोचेका छौं । जबकी यो निकै घातक हुन्छ, स्वास्थ्यका लागि ।अध्ययनहरुले के भन्छ भने, अगरबत्ती चुरोटको धुँवाँ भन्दा खतरनाक हुन्छ ।अगत्तरवत्तीको धुँवाँले सास सम्बन्धी समस्या त ल्याउँछ नै । खासगरी यसको सोझो असर फोक्सोमा पर्छ, जसले अक्सिजन परिपूर्ती गरिरहेको हुन्छ । यसले दम, खोकीको दिर्घकालिन समस्या निम्त्याउँछ । साथसाथै मुटुको समस्या पनि निम्त्याउने गरेका छन् ।

Comments