काठमाडौं, ८ जेठ । विद्यालय जान भनेर तयार भएर निस्केकी छोरी दुई दिन देखि बेपत्ता भएपछि परिवार तनावमा छ । काठमाडौं बस्दै आएकी इलाम सुर्योदय नगरपालिका १ गोर्खेकी १४ वर्षीया श्रेया कुटवाल सोमबारदेखि हराएकी हुन् । उनी काठमाडौं स्थित मामाको घरमा बसेर विद्यालय पढ्दै आएकी थिइन् । काठमाडौंको बसुन्धारामा रहेको साउथ वेष्टन स्कुलमा कक्षा ९ मा पढ्ने बालिका घरबाट हराएको परिवाले बताएका छन्।

सोमबार बिहान ६ बजे स्कुल जान तयार भएकी श्रेया त्यसपछि बेपत्ता छन् । उनले लगाउने विद्यालयको ड्रेस र मोवाइल समेत कोठामै छ । विद्यालय जान भनेर ल्यापटप बोकेर हिडेकी उनी अहिले सम्म घर फर्केकी छैनन् । मामा टेकराज खत्रीको घरमा बस्दै आएकी कटुवाल बसुन्धाराको साउथ वेस्टन स्कुलको कक्षा ९ मा पढ्छिन् । बिहानै ल्यापटप बोकेर घरबाट हिँडेकी श्रेया रातिसम्म घर नफर्किएको दिदी अनिता कटुवालले बताएकी छन् ।

उनलाई खोज्न श्रेयाका बाबु अम्बिर कुटवाल काठमाडौं आइपुगेका छन्। श्रेया बसेको स्थानबाट उनले बढ्ने विद्यालय दुई मिनेटको दुरीमै छ।

‘उपत्यकाका सीसी क्यामेरामा कतै पनि उनलाई नदेखिएको परिवारले जनाएका छन् । परिवारले उनको खोजीका लागि प्रहरीलाई सोमबारनै जानकारी दिएको अनिताले बताइन्। आमा लोकमाया कटुवाल छोरी हराएपछि तनावमा छन्। उनले छोरीको खोजीका लागि पहल गरिदिन सबैलाई अनुरोध गरेकी छन्।

Comments