बलिउडमा बिभिन्न अचम्म पार्ने घटनाहरु पनि घटिरहेका हुन्छन् ।बलिउडमा विवाह अनि सम्बन्धविच्छेदका कुराहरू पनि सार्वजनिक भई रहेका हुन्छन् ।बलिउडमा कहिलेकाहि यस्ता खबर पनि बाहिरिन्छन्, जसले दर्शकलाई छक्क बनाउँछन् । प्रेमीबाट पिटाइ खाएका नायिका पनि बलिउडमा धेरै छन् । केही चर्चित नायिकाहरु छन् जसले प्रेमीको मज्जाले कुटाइ खाएका छन् ।हेर्नुहोस् का कोले कस्को कुटाइ खाए त

कंगना रनौत – केहि समय अघि अभिनेत्री कंगना रनौत र अभिनेता आदित्य पञ्चौलीको प्रेम सम्बन्धबारे सबैलाइ थाहा नै छ ।उनीहरु प्रेम सम्बन्धमा हुदाँ कंगनाले आदित्यले आफूसँग खराब व्यवहार गर्ने गरेको बताएकी थिइन् । कंगनाले पनि आदित्यको विरुद्धमा पुलिस केस गरेकी थिइन् ।त्यस्ते अभिनेत्रि कंगनाको अभिनेता ऋतिक रोशनसँग पनि झगडा परेको छ ।

प्रीति जिन्टा – बलिउडकी चर्चित अभिनेत्रि मध्य एक हुन् प्रीति जिन्टा । डिम्पल गर्ल भनेर चिनिने अभिनेत्रि प्रीति जिन्टाले सन् २००५ मा नेस वाडियासँग डेट गरिरहेकी थिइन् । वाडिया आइपिएलमा किंग्स इलेभेन पञ्जाबको मालिक भइसकेका थिए ।यी बीच विवाद बढ्यो, जब वाडियाले एक पार्टीमा सबैको अगाडि प्रेमिका प्रितीलाई थप्पड लगाए । आफूलाई सार्वजनिक रूपमा गालीगलौज र हातपात गरेकोमा प्रितीले प्रेमी वाडियाविरुद्ध पुलिस केस गरेकी थिइन् ।

ऐश्वर्या राय – बलिउडमा सदाबहार चर्चामा आइरहने पुराना प्रेमजोडी हुन् सलमान खान र ऐश्वर्या राय। अहिले ऐश्वर्या आफ्नै परिवार सँग रमाउदै छिन् भने सलमानले बिबाह गरेका छैनन्।केहि समय अघिका चर्चित प्रेमजोडी सलमान खान र ऐश्वर्या रायको नाम अग्रपंक्तिमा आउँछ । उनीहरूको प्रेम मात्र होइन, विवादको खबर पनि कैयौँपटक बाहिर आएका थिए । ऐश्वर्याले सलमानलाई छाड्नुमा सलमानको क्रुर व्यवहार प्रमुख कारक रहेको मान्ने गरिएको छ । ऐश्वर्याले सलमानलाई छाडेपछि पनि सलमान उनको पछि लागेर धम्की दिइरहन्थे । त्यसपछि ऐश्वर्याले आफ्ना बाबुआमासँग मिलेर अभिनेता सलमानविरुद्ध पुलिस केस पनि गरेकी थिइन् ।

Comments