नेपालमा पछिल्लाने समय अपराधिक क्रियाकपलाको परिदृश्य बढेदो छ । अझ जघन्य अपराधको श्रृखला त काहाली लाग्दोरुपमा बृद्धी भैईरहेको छ । ललितपुर काण्ड सेलाउन नपाउदै पांचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा २ परिवारका नौ जनाको विभत्स हत्या भएसँगै हत्यारा उम्कन नदिन पाँचथरका सबै नाका र भारतीय बोर्डरमा २ सय भन्दा धेरै नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

उक्त घटनाको सुचना आए लगत्तै प्रदेश प्रहरी, विराटनगर, झापा प्रहरीको एक विषेश टोली पाँचथर गएको प्रहरीले जनाएको छ । झापाका प्रहरी प्रवत्ता महेन्द्र श्रेष्ठले भने, ‘झापासँग सिमा जोडिएका इलाम र पाँचथर तथा भारतको सिमा जोडिएका बोर्डरमा २ सय भन्दा धेरैै प्रहरी हाइ अलर्टमा राखिएको छ । जिल्ला भित्रिने र बाहिरिने सबैसँग खानतलासी र चेक जाँच बढाइएको छ ।’

इलाका प्रहरी कार्यालय दमक झिलझिले, विर्तामोड, काँकडभिट्टा र वुधबारेलगायतका धेरै प्रहरीहरु इलाम र पाँचरको बोर्डरमा परिचालन गरिएको छ । यसैगरी भारतसँग सिमा जोडिएका सबै ठाउँमा सादा र बर्दिमा प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ । मध्यरात भएको घटना स्थानीयवासीले बिहान मात्रै थाहा पाएका थिए । भिडियो :

Comments