पाँचथर – पाँचथरको मिक्लाजुङ गाँउपालिका वडा नं. ३ आरुबोटेमा सोमबार राती दुई परिवारका ९ जनाको विभत्स तरिकाले हत्या भएको छ । आरुबोटेका कििरब ४० बर्षीय धनराज शेर्मा र उनका ससुरा करिब ७२ बर्षीया बमबहादुर फियाकको परिवारको विभत्स तरिकाले हत्या गरिएको हो । धारिलो हतियारको प्रयोग गरी ९ जनाको विभत्स तरिकाले हत्या भएपछि आरुबोटेबासी त्रसित बनेका छन् ।

मृतक बमबहादुर फ्याकका छोरी दिलमाया फ्याकका अनुसार ज्वाईसहित अरुको पनि हत्यामा संग्लनता रहेको हुन सक्ने बताउँदै निष्पक्ष छानविन गर्न माग गरिन् । त्यस्तै, अर्की छोरी बुद्धमायाले पनि ज्वाईसहितको टिमले हत्या गरेको हुन सक्ने बताइन् ।

Comments