काठमाडौं, ८ जेठ । मंगलबार भएको जघन्य अपराधको घाउ सेलाउन नपाउँदै पाचथरमा फेरी अर्काे घटना भएको छ । पाँचथरमा बुधबार फेरि अर्का युवाको शव भेटिएको छ।

पाँचथर र इलामको सीमाको बजार घुर्बिसे पञ्चमीमा एक युवक मृत भेटिएको प्रहरीले जनाएको छ । विदेशवाट केही समय अघि मात्र फर्किएका इलामको फाक्फोकथुम १ ठिङ्गेपुर घर भएका सुरेन्द्र थेगिम मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

थेगिम पञ्चमी बजारमा कृष्ण सम्बाहम्फेको घरमा डेरा गरेर बसेका थिए। थेगिमलाई कोठामै मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। थेगिम एक महिना अघिमात्रै कोरियाबाट नेपाल फर्केका थिए । आफु विदेश गएपछि श्रीमतीले केही समय अघि मात्रै अर्कैसँग विवाह गरेर गएपछि उनी तनावमा
थिए ।

थेगिमले बुधबार बिहान बैनी ज्वाइँ मणिचन्द्र चेम्जोङसँगै भात खाएका थिए। भात खाएपछि सम्पर्क बिहिन भएका थेगिमको खोजी गर्ने क्रममा कोठामै मृत भेटिएका हुन् ।

युवकको हत्या भएको वा आत्महत्या गरेका हुन भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बुधबार मिक्लाजुङ गाउँपालिका ३ मा दुई परिवारका नौ जनाको मध्यरातमा हत्या भएको थियो।

Comments