काठमाडौं- भद्रगोलका ४ चर्चित पात्रहरु बले, कक्रोज, सिते बा र खुपीका बाउ एकैसाथ एउटै म्युजिक भिडियोमा देखिएका छन् । क्याल्कुलेटर बोलको गीतको भिडियोमा यि चारै जना क्रमश सागर लम्साल, हरिश निरौला, मधुसुदन पाठक र कमलमणि नेपाल देखिएका हुन् । यि ४ जनाको हिरोईन भने एक्ली छिन् । टिकटकमा हिट शिक्षा सँग्रौलालाई पाउन ४ जनाको गीतको भिडियोमा तछाड मछाड छ । जुन गीत शिशिर भण्डारीको युटुब च्यानल नयाँ नयाँ न्युज नेपालबाट सार्वजनिक भएको छ ।

शँकर थापा र बिजयन्ता अधिकारीको आवाज रहेको गीतले सबैलाई छमछमी नचाउनेछ । गीतको भिडियो गज्जबको बनेको छ। गीतलाई गम्भिर बिष्टले कोरियोग्राफी र डिरेक्सन गरेका हुन् । शँकर थापाकै सँगीत रहेको गीतको भिडियो महँगो बजेटमा निर्माण भएको छ । गीतलाई नवराज उप्रेतीले खिचेका हुन् । भिडियो हेर्नुस

Comments