छाेरी स्वीकार्दै एक कोरियाली दम्पतीले गरे हिन्दु परम्परा अनुसार नेपाली युवतीको कन्यादान (भिडियाे)

छाेरी स्वीकार्दै एक कोरियाली दम्पतीले गरे हिन्दु परम्परा अनुसार नेपाली युवतीको कन्यादान (भिडियाे)
साेल- दक्षिण कोरियाको राजधानी साेल नजिकै रहेकाे दोङ्देमुनस्थित ज्योती रेष्टुरेन्टमा हिन्दु परम्पराअनुसार विवाह चलिरहेको थियो। विवाहमा बेहुला-बेहुली थिए लमजुङका राजेशजंग हमाल र काभ्रेकी समान्ता हमाल। विदेशमा नेपालीकाे संख्या र समुदाय विस्तार भइरहेकाेले पनि नयाँ सम्बन्ध स्थापित हुने क्रम बढ्दाे छ। कतिपयले यतैकाे प्रेम-सम्बन्धलाई विदेशमा गएर वैवाहिक सम्बन्धमा रुपान्तरण गर्ने गरेका छन् भने कतिपयले ...