काठमाडौं- पाल्पा अर्गलीका सागर पाण्डे सर्प बचाउ अभियानमा लागेका छन् । चार बर्षको अवधिमा उनले तीन सयभन्दा बढी सर्प बचाइ सकेका छन् ।सर्प देखेर नडराउने मानिस कमै हुन्छन् । तर पाल्पा अर्गलीका सागर पाण्डे सर्पलाई समातेर सजिलै खेलाउने गर्छन् । आफ्नै ६ महिनाकी बहिनी सुतिरहेको बेला नजिकै सर्प देखेपछि बहिनीलाई बचाउन उनले आफ्नो ज्यानको बाजी लगाएर सर्प समातेपछि उनी अहिले जुन सुकै सर्पलाई पनि सजिलै समात्न सक्ने भएका छन् ।

चार बर्ष अघि देखि सर्प समाउने र बचाउने अभियानमा लागेका सागरले अहिलेसम्म गाउँघरबाट तीन सयभन्दा बढी सर्प बचाइसकेको बताउंछन् । सर्प समाउने कुनै अनुभव र तालिम नलिएका सागरले उभयचर र सरीर्सप सम्बन्धी लेखिएको थेसिस पढेकै भरमा यस्तो जोखिम काम गर्न सफल भएका हुन् । पाल्पा, गुल्मी, स्याङ्जा र कास्की जिल्लाबाट समेत घरमा पसेको सर्प समात्न बोलाउने गरेको पाण्डे बताउँछन् । नेपालको प्रचलित कानुनमा सर्पलाई हानी नोक्सानी गर्ने र मार्ने व्यक्तिलाई कानुन बोमोजिम सजाए हुन्छ । कतिपय मानिस सर्प देख्ने वित्तिकै डरले मार्ने गर्छन् तर सजायंको बारेमा जानकार हुंदैनन् ।

Comments