एजेन्सी – बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पोर्चुगिज स्टार खेलाडी क्रिष्टियानो रानाल्डोलाई पछि पारेका छन् । बार्सिलोनाका कप्तान तथा अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेस्सीले क्लबका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा पोर्चुगिज स्टार खेलाडी क्रिष्टियानो रानाल्डोलाई पछि पारेका हुन् । मेस्सीले आइतबार राति भएको खेलमा इएबारविरुद्ध दुई गोल गर्दै यस सिजनको सर्वाधिक गोलकर्ता बनेका हुन् ।

ला लिगाको अन्तिम खेलमा दुई गोल गरेसँगै मेस्सीले क्लबका लागि ६ सय २ गोल पूरा गरेका छन् । स्टार खेलाडी क्रिष्टियानो रानाल्डोले हालसम्म क्लबका लागि ६ सय १ गोल गरेका छन् ।रानाल्डोलाइ मेस्सीले एक गोलले पछि पारेका हुन् ।रोनाल्डो क्लबका लागि ६ सयौं गोल पूरा गर्ने पहिलो खेलाडी हुन् ।मेस्सी यस सिजन सबैखाले प्रतियोगितामा ५०औं गोल पूरा गरेका छन् । मेस्सी ला लिगामा यस सिजन ३६ गोल गर्दै सर्वाधिक गोलकर्ता बने । मेस्सीले ३६ गोल गर्दा १३ असिष्ट गरेका छन् ।

Comments