सिन्धुली — आँधीहुरीसहितको वर्षात्‌का कारण बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ को खनियाँखर्क नजिक सडकमा पहिरो जाँदा मंगलबार साँझबाट यातायात अवरुद्ध भएको छ ।

ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेका अनुसार उक्त क्षेत्रको चार स्थानमा पहिरो खसेको छ । पहिरो हटाउन मेसिन खोजिरहेको उनले बताए । काठमाडौं जाने र बाहिरिने सयौं सवारी साधन यतिखेर पहिरो पन्छाउने पर्खाइमा छन् । पहिरो पन्छाउन समय लाग्ने बताइएको छ ।

Comments