काठमाडौं – सुजुकीको बहुप्रतिक्षित मोटरसाइकल जिक्सर–२५० भारतीय बजारमा सार्वजनिक भएको छ । भारतमा यो मोटरसाइकलको मूल्य १ लाख ७१ हजार भारु तोकिएको छ । यसले बजारमा होन्डा सिविआर २५० आर र यामाहा एफजेड–२५ जस्ता मोडलसँग प्रतिस्पर्धा गर्नेछ ।

भारतीय बजारमा सार्वजनिक भएसँगै नेपाली बजारमा समेत यो बाइक छिट्टै भित्राइने यहाँस्थित बिक्रेता भीजी अटोमोबाइलले जनाएकोे छ । कम्पनीका मार्केटिङ प्रमुख समित सिंहका अनुसार सम्भवत यो मोटरसाइकल नाडा अटो सो अगावै सार्वजनिक भइसक्ने छ । विशेषतः सुरक्षालाई मध्यनजर गर्दै जिक्सर–२५० को उत्पादन गरिएको कम्पनीको दाबी छ । ड्यूल च्यानल स्ट्यान्डर्ड एबीएसकासाथ सार्वजनिक गरिएको नयाँ जिक्सरमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ ।

यसमा उपलब्ध सिङ्गल सिलिन्डर फ्यूल इन्जेक्टेड–२५० सीसी इन्जिनले २६.५ बीएचपी पावरकासाथै २२.६ एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ । साथै, यसमा ६ स्पीड गियर लगाइएको छ । यसको लुक्स तथा डिजाइन निकै बोल्ड र आकर्षक देखिन्छ । नेपाल आइपुग्दा यसको मुल्य ४ लाख माथी पर्ने अनुमान लगाउन सकिन्छ ।

Comments