काठमाडौ । मंगलवारको संसदको लेखा समिति बैठकमा नेकपाका सांसद अमनलाल मोदीले नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ माथि सिधै भ्रष्टाचार गरेको आरोप लगाए । लेखा समितिको बैठकमा निकै पुर्वाग्रहीपुर्ण ढंगले प्रस्तुत भएका मोदीले व्यापारी सँग मोटो रकम असुलेर कुलमान माथि खनिएको आशंका गरिएको छ ।

ठुला घरनाका उधोगहरुले नेपाल विधुत प्राधिकरणलाई बुझाउँनु पर्ने विधुत महशुल बुझउँन नसक्ने भन्दै कुलमान माथि दवाव सिर्जना गरेका थिए । तर कुलमान ले ती घरना बाट कुनै पनि हालतमा महशुल उठाएरै छोड्ने अडान लिएर ताकेता गरेपछि व्यापारीहरुले सांसदको प्रयोग गरेर कुलमान माथी आक्षेप लगाएर उनलाई गलाउँने खेल सुरु गरेका छन् । नेकपाका सांसद मोदीलाई करोडौको आशामा पारी कुलमान विरुद्ध व्यापारीहरुले मोहरा बनाएका छन् ।

जनताको लगी भनेर निर्वाचन जितेर आएका जनप्रतिधिनै उल्टै जनताकै विरुद्ध लात हान्न कस्सिएका छन् । भ्रष्टाचारको आरोप प्रमाणित भए आफु झुण्डिएर मर्न तयार रहेको कुलमानले स्पष्ट पारीसकेका छन् । पदको दुरुपयोग गर्दै सांसदको पवार सो गर्ने अमनलाल मोदीको विगत बारे पनि केहि बुझ्न जरुरी छ । मोदी तिनै सभासद हुन् जसले तत्कालिन एकिकृत माओवादीले मध्यरातमा संसदमा वितण्डा मच्चाउँदा अग्रपंक्तिमा लागेर संसदको कुर्सी भाँच्ने सांसद । व्यक्तीगत लाभका लागी जे गर्न पनि पछि नपर्ने मोदीले अहिले सामाजीक संजालममा चर्को आलोचना खेपीरहेका छन् । समाजिक संजाल पुरै कुलमानको पक्षमा एक ढिक्का भएर उभीएको छ ।

कुलमानलाई भ्रष्टाचारको आारोप लगाउँने मोदी भने सांसद भएर पनि विकास विरोधी भएको तथ्य खुलेको छ । आफ्नै निर्वाचन क्षेत्रमा हुन लागेको विकास रोक्न उनि कम्बर कसेर लागेका छन् स्रोतका अनुसार सत्तारुढ नेकपा सांसद मोदीको कुलमानप्रति आक्रोशको तार भने कटहरी सबस्टेसनसँग जोडिएको विद्युत प्राधिकरणका अधिकारीहरु बताउँछन् । विद्युत प्राधिकरणले मोरङको कटहरीमा सबस्टेसन निर्माण गरेको दुई महिना बढी भयो ।

तर, दुहवी सबस्टेसनबाट लगिएको ३३ केभी प्रसारण लाइन निर्माणमा मोरङको ग्रामथाम गाउँपालिकाको गिदनियामा स्थानीयको अवरोध छ । ग्रामथाम मोदीको निर्वाचन क्षेत्रमा पर्छ ।

‘असहयोग भएमा यो क्षेत्रमा फोर्स लोडसेडिङ हुने जानकारी गराएको थिएँ । तर उहाँले धम्क्याउने भन्दै लेखा समितिमा देखाउने’ चेतावनी दिनुभएको थियो,’ कुलमानले भने ।
२०७४ को चुनावमा त्यस क्षेत्रका उद्योगीले मोदीलाई असहयोग गरेका थिए । त्यसकै रिस पोख्न मोदीले स्थानीयलाई परिचालन गराएर आयोजनाको काम रोकेको आरोप विद्युत प्राधिकरणको छ ।

स्थानीयको अवरोधका कारणले गर्दा दुहवीबाट सबस्टेसन संचालन ९चार्ज० गर्न नसकिएको प्राधिकरणका विराटनगर शाखा प्रमुख राजीव सिंहले बताए ।

‘कटहरी औद्योगिक क्षेत्र पनि हो, अहिले त्यहाँ विद्युत आपूर्ति भइरहेको टंकिसिनुवारी सबस्टेसन थप लोड धान्न सक्ने अवस्थामा छैन,’ सिंहले भन्छन्, ‘कटहरी सबस्टेसन तत्काल चार्ज गर्न सकेनौं भने विराटनगरमा फोर्स लोडसेडिङ गर्नुपर्ने अवस्था आउँछ ।’

प्राधिकरणले बस्ती छल्दै सडकै सडक प्रसारण लाइन लैजाने गरी रुट तय गरेको छ । तर, पोलमा साढे तीन किलोमिटर तार तान्न सकिएको छैन । सांसद मोदीले स्थानीयको मागलाई साथ दिँदै प्रसारण लाइनको तार तान्न दिएका छैनन् ।

Comments